रोमान्चक शहरको मौलिक इतिहास

नयन-पी-सिन्धुलीय | September 6, 2014

काठमाडौं, लेखक – थोमस बेल, रेन्डम हाउस इन्डिया, ४६३ पृष्ठ

विश्वविद्यालयमा इतिहासको अध्ययन सकी बेलायतबाट नेपाल बरालिएका थोमस बेलले लगभग एक दशकमा काठमाडौं र नेपाललाई अत्यन्त नजिकबाट देखे-भोगेका छन् । यसैहप्ता विमोचित पहिलो आलेखात्मक पुस्तक ‘काठमाडौँ’ मार्फत बेलले यो अत्यन्त रोमान्चक तर विरोधाभासपूर्ण कर्मथलोको बिल्कुल मौलिक र ऐतिहासिक अन्वेषण सार्बजनिक गरेका छन् ।

बेलायती अखबारहरूका लागि स्वतन्त्र पत्रकारिता गर्दै नेपाल बसाइ सुरु गरेका बेल सुरुका दिनबाटै नेपाली आधुनिक राजनीतिको महत्वपूर्ण घडीमा होम्मिन पुग्छन् । माओवादी विद्रोहको उचाइताका द्वन्द्वको चपेटाको केन्द्रमा रहेका विकट गाउँमा स्थलगत रिपोर्टिंग गर्दैगर्दा बेल नेपाली आधुनिक इतिहासको सिमितता र विरोधाभाससँग परिचित हुन्छन् । अर्कातिर, काठमाडौँ उपत्यकाको परम्परा र  विगत, अनि सांस्कृतिक विशिष्टताले पनि इतिहासका तीक्ष्ण अध्यता बेललाई राम्रैसँग आकर्षण गर्छन् । सायद द्वन्द्व र विरोधाभास एउटा इतिहासकारका लागि सबैभन्दा आकर्षक खुराक हुन् – बेलले  ती दुवै यहाँ प्रसस्त मात्रामा पाए ।

त्यसपछिका वर्षमा बेलले नेपाली इतिहासको गहन र समग्र अध्ययन-अनुसन्धान गरेका छन् । नेपालमा अहिले विद्यमान राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक मुद्दाका जरा इतिहासका विविध कालखण्डसँग गाँसिएका छन् । तर इतिहासका यी महत्वपूर्ण प्रसंगहरू हामीले पढ्ने इतिहासमा कि त अस्पष्ट छन् कि मेटिएका छन् । सायद बेलको पुस्तकको महत्ता यहाँनेर अत्यन्त स्थापित हुन्छ  – यो पुस्तक काठमाडौँ उपत्यका र नेपालको इतिहासको आधिकारिक पुनर्लेखन नभएर इतिहासमा अस्पष्ट रहेका या छुटेका-छुटाइएका प्रसंगको अन्वेषण हो । र, यो हाम्रा लागि अत्यन्त महत्वपूर्ण छ किनभने विगतका ऐतिहासिक द्वन्द्वको उद्गमस्थल नपुगी, त्यसलाई नसुल्झाई हाम्रा विद्यमान द्वन्द्वको निर्क्यौल निस्कँदैनन् ।

बेलको पुस्तकमा वैयक्तिक र ऐतिहासिक एक आपसमा जेलिएका छन् । आफूले देखे-भोगेका र अनुसन्धानबाट भेट्टाएका विभिन्न ‘घटनाहरू’ पुस्तकमा विचित्र, हास्यकर र विसंगतिपूर्ण रूपमा प्रस्तुत गरिएका छन् । बेलले प्रस्तुत गरेको प्रत्येक प्रसंग कुनै न कुनै कारणले मननीय छ । शीतयुद्धताका नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय रंगभूमिमा प्रवेश गरेपछि काठमाडौँ कसरी अन्तर्राष्ट्रिय शक्ति-केन्द्रहरूको खेलमैदान बन्यो, यहाँ के कस्ता खेल खेलिए, र शीतयुद्धको अन्त्य भएको लगभग पच्चीस वर्षपछि ती खेल कसरी खेलिदैंछन्, कुन कुन नयाँ खेलाडीको आगमन भएको छ – बेलका खुलासाहरू रोचक छन् ।

अन्तर्राष्ट्रिय शक्तिहरूको खुफिया र गुप्तचर संस्थाको खुलासाबाहेक बेलले आफ्नो पुस्तकमा स्थानीय झेलाडी-खेलाडीको कर्तुतलाई पनि भुलेका छैनन् । दमन र उत्पीडन नेपाली राज्यसत्ताको ऐतिहासिक आधार थिए – आज विभिन्न ऐतिहासिक मोड पार गर्दै आधुनिकतातर्फ उन्मुख भइसक्दा पनि दमन र उत्पीडनका अवशेष नेपाली समाजमा जीवित मात्र हैन उत्तिकै प्रभावशाली पनि छन् । एक सजग नेपाली नागरिकलाई बेलको पुस्तक पढ्दै गर्दा पक्कै पनि आत्मग्लानी हुनैपर्छ । दुख लाग्नुपर्छ, रिस उठ्नुपर्छ ।

नेपाली इतिहासबारे विगतमा लेखिएका पुस्तकहरू मूलत: दुई प्रकारका थिए – एकातिर विदेशीहरूले एउटा साँघुरो परिधिबाट विदेशीहरूका लागि अंग्रेजीमा लेखेका । अनि अर्कातिर नेपालभित्रबाटै शासकहरूको अन्धभक्ति र जयजयकार गर्दै उनीहरूले लेखेको इतिहासलाई अझ बढावा दिने प्रकृतिका । सायद बेलको पुस्तकले पहिलोपटक यो समानान्तर प्रवृत्तिलाई चुनौती दिएको छ । ‘काठमाडौँ’ विदेशी र नेपाली दुवैका लागी पठनीय छ ।

बेलको पुस्तकमा मंजुश्रीदेखि आईएनजीओ काल, र जंग बहादुरदेखी पुष्पकमल दाहाल सम्मका घटनाक्रम अटेका छन् | यसरी हजारौं वर्षदेखि छरपष्ट भएर रहेका इतिहासका कालखण्ड र नायक-खलनायकको चरित्रवर्णन गरेर बेल आफ्नो नेपाल बसाइको एक दशक लामो अनुभव मार्फत नेपाली इतिहासको एउटा पत्यारिलो कालक्रम स्थापना गर्न सफल देखिन्छन् । यो अत्यन्त जटिल काम हो र भविष्यमा यसले अन्य कैयौं अध्ययन-अनुसन्धान र इतिहासका विषयमा लेखिने पुस्तकहरूलाई मार्गनिर्देश गर्नेछ ।

टम बेलले ‘काठमाडौँ’ मार्फत हामीलाई ठूलो गुण लगाएका छन् । सशक्त भाषा,  प्रस्तुति, बेजोड अनुसन्धान र काठमाडौँ प्रतिको लेखकको गहिरो माया र व्यक्तिगत सम्बन्धले पुस्तकलाई एउटा पढ्नैपर्ने आलेखको रूपमा स्थापित गर्ने निश्चितप्राय छ । अंग्रेजी भाषाका नेपाली पाठक थोरै हुनाले बेलको पुस्तक नेपालीमा अनुवाद हुन आवश्यक छ | बेलको पुस्तक पढिनुपर्छ, पढाइनु पर्छ र यसमा उठेका ऐतिहासिक विरोधाभासमाथि छलफल बन्नुपर्छ ।

????????,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 8 =

malukutoto malukutoto malukutoto cancertoto cancertoto cancertoto vikingtoto vikingtoto vikingtoto percaya4d percaya4d medan4d medan4d medantoto kediritoto kediritoto kediritoto situs toto gerhanatoto gerhanatoto gerhanatoto meriamhoki balislot sumbawatoto sumbawatoto iramatogel iramatogel meriahtoto meriahtoto buncis toto situs toto jabartoto winter4d ternatetoto taysentoto situs toto pas4d pas4d taysentoto situs toto toto hk bandar hk toto