Two poems: Manu Manjil and Momila

La.lit | March 25, 2015
Blog Default Image

 

In our continuing celebration of poetry this week, we bring to you two gems from the very first print volume of La.Lit, by highly regarded Nepali poets Manu Manjil and Momila.

 

एक योद्धा आफ्ना  नानीहरुसित

मनु मन्जिल

 

आज म अत्याधिक कोमल छु

रेसम, कपास, भुवा…

यस्तै केही छु

बेस्सरी छोयौ कि म भत्कन्छु ।

 

एक तासको महल, केकको पिरामिड

सानो पहिरो

मन भत्केको मानिसको आँखाको डिल

यस्तै केही छु ।

नानीहरु ! बेस्सरी रोयौ कि म भत्कन्छु

फूल ! बिस्तारै छाम्नू, म भत्कन्छु ।

 

हावा ! बिस्तारै सुसेल्नू, म चर्कन्छु

नदी ! बिस्तारै सुसाउनू, म निसास्सिन्छु ।

जूनको उज्यालाले ममाथि टेक्तै

म भास्सिन्छु ।

शीत ठोक्किँदा वा, भुईंकुहिरो एक्कासि उठ्दा

म उड्छु, कपूरझैँ  विलीन हुन्छु ।

गायक ! म आज तिम्रै आवाजले पनि

हजार – हजारमा टुक्रिन्छु ।

सकिन्छु ।

 

म इस्पात –

इस्पातका लागि बनेको थिएँ  ।

कठोर पत्थरका लागि बनेको थिएँ ।

धारिलो धारहरुका लागि

र अजेय

तूफानका लागि बनेको थिएँ  ।

 

आज त म नानीहरुको साथमा छु

वर्षौंपछि —

फूलहरूको माझमा छु

म अझ कति कोमल छु, मलाई छाम्नू ।

र छाम्दा रेसमको स्पर्शले मात्रै छाम्नू नत्र म भत्कन्छु ।

 

 

 

भीमसेन थापाको सुसाइड नोट

मोमिला

 

सम्बोधनमा नपरेका सारा सम्बोधनहरु !

 

उहिल्यै इतिहासमा

बेमौसमी हुरीबतास र बरसातको  एक दिन

आफ्नै देशभित्र निर्वासित सुदूर गाउँमा कतै

भित्तामा बेवारिस झुन्ड्याइएको

बर्षौँ पुरानो अमर सिंहको तस्बिरबाट

अचानक आँखा झरेछन्

हुन सक्छ—

त्यही बेलादेखि यो देशका मार्गदर्शकहरुले

दृष्टि गुमाएको हुनुपर्दछ

 

फेरि एकाएक तस्बिरबाट कान झरेछन्

त्यही बेलादेखि यस देशका शासकहरु

बहिरो भएको हुनुपर्दछ

 

बिस्तारै छोपिएका नाकमुख पनि झरेछन्

त्यही बेलादेखि लासहरुको दुर्गन्धित पहाडमाथि उभिएर

देशको बिरानीमा यहाँ

बेसुरा राष्ट्रिय गान गाइएको हुनुपर्दछ

 

तस्बिरबाट क्रमशः

हात झरेछन्

खुट्टा झरेछन्

ठीक त्यही बेलादेखि स्वाभिमानी हातहरु

आत्महत्या गर्न विवश भएको हुनुपर्दछ

ठीक त्यही बेलादेखि हिँड्न सुरु गर्नुअघि नै

यो देशको गन्तव्य नै हराएको हुनुपर्दछ

 

र अन्तमा मात्र अस्थिपञ्जर बाँकी राखेर

तस्बिरबाट मस्तिष्क र मुटु पनि झरेछन्

सायद त्यही बेलादेखि यस देशका शासकहरु

अबिरमालाले पुरिएका चेतना र हृदयशून्य

केवल सालिकजस्ता बनेको हुनुपर्दछ

यस्तो अजङ्ग अभिशप्तता अन्त्य गर्न

सालिक होइन, बरु मैले मुर्दा नै बन्नुपर्ने रहेछ !

 

—तपाईँहरुकै भीमसेन थापा

 

(आजको शीर्ष खबर—

देशभक्त भीमसेन थापाको आत्महत्याले देश स्तब्ध छ

थापाको आत्महत्यापश्चात् बन्द मुठी खोलेर हेर्दा

उनको किरिङमिरिङ भाग्यरेखा,

यो देशको नक्शा र

वास्तु नमिलेको अमर सिंह थापाको अस्थिपञ्जर

दुरुस्त उस्तै रहेको बताइएको छ )

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =

percaya4d percaya4d percaya4d situs toto slot gacor medan4d medan4d > kediritoto kediritoto gerhanatoto situs toto situs toto slot gacor slot gacor meriamhoki balislot balislot balislot balislot pokemontoto pokemontoto