के म तपाईको फोटो खिच्न सक्छु?

क्षितिज | January 28, 2016
Blog Default Image

खिच्नोस्, खिच्नोस्!
कसरी बसम्? यसरी?
कि यसरी?
यहाँ? यहाँ हुन्छ?
यहाँ अलि अँधेरो छ,
यहाँ कसो होला?
ल! खिच्नोस्…खै, कस्तो आयो?
कालो?
कलर खिच्नोस् न, कलर!
ल फेरी,
वान्… टु… थ्री भन्नुस् है!
वान्… टु… थ्री!
खिचिक्क!

हजुर,
मन अघाउजी खिच्नोस् हाम्रो फोटो,
ब्याकग्राउण्डमा हिमाल पहाड निकाल्नु होला,
फोरग्राउण्डमा हाम्रो नाङ्गो ढाड निकाल्नु होला,
खिच्नोस्, हजुर खिच्नोस् ।
ऊ त्यो टोलाई रहेको कालेको फोटो खिच्नोस्
ऊ त्यो मेरो बाँकि रहेको घर हो,
यसका भित्ताहरू आफ्नै छालाले टालेको फोटो खिच्नोस्।

ऊ, हेर्नोस् त –
तपाईंलाई देखेर भिड लागेको
एकैछिन पर्खनुस् हजुर,
यहाँ लाइन लाग्छ अब
अनि पालैपालो
आफ्नो बाटोबाट अर्काको माटोमा हाम फालेको फोटो खिच्नोस्।
ऊ त्यो नानीले नानी बोकेको देख्नु भो?
आफ्नो कुर्ता तानेर पेटको साइज देखाउन खोज्दै छ,
ऊ त्यो टाउको देख्नू भो?
त्यो…!
त्यो कुनै खसीबोकाको टाउको होइन हजुर
मान्छेकै टाउको हो,
अघि टोलाइ रहेको कालेको बाउको हो।
यसैपाली आन्दोलनमा सहिद भएको हजुर
उसैको स्मृतीमा सालिक बन्ने भएको छ,
जिउ त हामीले पोलि दियौं,
ढुङ्गाको सालिक बनाएर,
टाउको चैं ओरिजिनलै राख्ने निर्णए भएको छ हजुर,
उसको चैं पासपोर्ट साइज मात्रै खिच्नु होला,
एक कपी प्रिन्ट गरेर हाम्लाई पनि ल्याइदिनु होला ।

2 Responses to “के म तपाईको फोटो खिच्न सक्छु?”

  1. Pramod says:

    man choyo 🙂

  2. positive says:

    Mazza ko……

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 6 =

percaya4d percaya4d percaya4d slot online slot gacor slot online percaya4d toto slot slot gacor medan4d medan4d gerhanatoto situs toto slot gacor slot gacor slot gacor slot gacor toto slot meriamhoki