किरियापुत्री बसेजस्ता डाँडापाखा। नौनी पग्लेझैँ हाम्रो घरवरिपरिका डाँडापाखाबाट हिउँ पग्लिन थाल्यो। हेर्दाहेर्दै केही दिनमै रापिला हातले हिउँको लुगा फुकालिदिएर डाँडापाखालाई बुङ्गै बनाइदियो घामले।
डाँडापाखा पनि मेरो शरीरजस्तै उराठ देखिए। मनै नरमाइलो भयो।